काठमाडौं । अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको आरोपमा उनीहरुलाई कारवाही गरिएको हो ।
विभागले उनीहरुको विवरण भने खुलाएको छैन । विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो । सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो ।