आइतवार, आश्विन २५ गते २०८३

तालिबानले गरे अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या

शनिवार , भाद्र २६, २०७८

काठमाडौं। तालिबानले अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको हत्या गरेको छ। पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले अजीजीको हत्या भएको पुष्टि गरेका हुन्।

उनले रोयर्टसका लागि पठाएको एक एसएमएसमा तालिबानले अजीजीको हत्या गरेको र उनको अन्तिम संस्कार गर्न नदिएको उल्लेख गरेका छन्। पञ्जशीर प्रान्त तालिबानले कब्जा गर्ने क्रममा पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या भएको हो।

पूर्वउपराष्ट्रपति सालेहको अवस्था भने अज्ञात छ। राजधानी काबुल तालिबानले कब्जा गरेपछि सालेह पञ्जशीर पुगेका थिए। त्यहाँ उनले तालिबान विरोधी समूह नेशनल रेसिस्टेन्स फ्रन्टलाई साथ दिएका थिए। केही दिनको लडाइँपछि तालिबानले पञ्जशीर कब्जा गर्ने सम्भावना भएपछि उनी हेलिकोप्टर चढेर त्यहाँबाट फरार भएको बताइन्छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार