काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई हटाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीमा गम्भिर छलफल भएको छ । रास्वपा स्रोतका अनुसार गुरुङलाई हटाउने विषयमा अहिले पार्टीमा छलफल भइरहेको छ ।
विवादास्पद व्यापारी दिपक भट्ट समूहको लगानी रहेको लघु विमा कम्पनीमा साँझेदारी रहेको भेटिएपछि गुरुङ विवादमा तानिएका छन् । प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार अहिले प्रधानमन्त्री बालेन, गृहमन्त्री गुरु र प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार वेनबिच छलफल भइरहेको छ ।
छलफलको क्रममा गुरुङ आफै राजीनामा दिन तयार देखिएका छन् । साथै, उनले अनुसन्धानमा सघाउने समेत बताएका छन् ।