काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।
उक्त समितिले काम समेत सुरु गरेको छ । समितिले एसपीमाथि सोधपुछ सुरु गरेको छ ।
एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो । जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ ।