काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेव प्रसाद यादवको राजीनामा सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार यादवले भदौ २३ गते सभापति देउवालाई राजीनामा बुझाएका भ्रएपनि देउवाले राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धी बाँकी काम गर्नसमेत यादवलाई आग्रह गरेका छन्।