आइतवार, आश्विन २५ गते २०८३

पदम गिरी भन्छन्– ‘अध्यक्ष केपी ओलीको निर्देशनमा नै हामीले संसदमा तोडफोड गरेका हौँ’

शनिवार , भाद्र २६, २०७८

काठमाडौं। नेकपा एमालले शुक्रबार संसदमा मच्चाएको हंगामा अध्यक्ष केपी ओलीको निर्देशनमै भएको खुलासा भएको छ।

संसदमा भएको तोडफोड र मर्यादापालकसंगको धकेला–धकेल ओलीको निर्देशनमा भएको सांसद प्रदिप गिरीले बताएका छन्।उनले सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा संसदमा एमालले देखाएका सबै गतिबिधि ओलीको निर्देशनमा भएको बताएका छन्। सभामुखले जवरजस्ती गरेमा कुनै हालतमा रोक्ने भन्ने पार्टी अध्यक्ष ओलीको निर्देशन रहेकाले तोडफोड र घम्साघम्सी भएको गिरीको भनाई छ। ओलीले संसदमा हिजो भएको घटनाप्रति मौन समर्थन जनाएका थिए ।

सभामुखको टाउकोमा माइकले हान्ने प्रयास भएको घटनालाई आम सर्वधारणदेखि सवैले आलोचना गरेपनि एमाले नेताहरुले भने ठिकै गरिएको दावी गर्दै आएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार