बुधवार, आश्विन १४ गते २०८३

संविधान संशोधन कार्यदललाई श्रम संस्कृति पार्टीको सुझाव –प्रत्यक्ष कार्यकारी राष्ट्रपति

कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको व्यवस्था हुनुपर्ने जनाएको छ । संविधान संशोधन कार्यदललाई सुझाव पत्र पेश गर्दै उक्त पर्टीले नौ वटा फरक फरक सुझाव दिएको छ । 

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई श्रम संस्कृति पार्टीले आज लिखित सुझाव दिएको हो । पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा सुझावका विभिन्न ९ बुँदाहरु छन् ।

जनताद्वारा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति, कार्यकारी राष्ट्रपतिले नै पायकका व्यक्तिलाई चुनेन मन्त्रिपरिषद गठन गर्ने र मन्त्रिपरिषद चुन्दा समावेशीका आधारमा गर्नुंपर्ने श्रम संस्कृति पार्टीको धारणा छ ।

व्यवस्थापिकातर्फ पाँच बुँदे सुझाव

यसैगरी कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने उसको धारणा छ ।

यसै गरी सबै जातजातिका नागरिकहरुलाई राज्यका सबै अंगहरुमा सहभागी गराउने, राजनीतिक पद तथा सेना, प्रहरी लगायत सबै कर्मचारी संयन्त्रमा सहभागी गराउने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

shram.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार