बुधवार, आश्विन १४ गते २०८३

बिचौलियासँग साँठगाँठको आरोपपछि मन्त्रालय तानिए महानिर्देशक गजेन्द्र ठाकुर

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौँ । बिचौलियासँग साँठगाँठको आरोप लागेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर मन्त्रालय तानिएका  हिमालयन रीमा महानिर्देशक ठाकुरको श्रीमतिको पनि शेयर कारोबार रहेको खुलेपछि बिहीबार ठाकुरलाई मन्त्रालय तानिएको हो । 

ठाकुर यसअघि २०७८ सालमा पनि विभागमा थिए । ठाकुरको सम्बन्ध हिमालयन रि मा पनि जोडिएको छ । हिमालयन रिले अनुमति पाउँदा ठाकुर विभाग प्रमुख थिए । र, त्यही  हिमालयन रि मा उनकी श्रीमती राखी निहारिका ठाकुरको नाममा बीस हजार कित्ता शेयर छ ।

त्यही कम्पनीका सञ्चालकहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । ठाकुरले आफ्नी श्रीमती लगानीकर्ता भएको कम्पनीमा निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै प्रश्न उठेपछि उनलाई मन्त्रालय तानिएको हो । 

ठाकुर जस्ता अन्य उच्च पदस्थ कर्मचारीहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हिमालयन रि मा जोडिएका छन् । कसैले आफ्नै नाममा त कसैले परिवारका सदस्यका नाममा शेयर खरिद गरेका छन् । 
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले भट्टलाई चैत १९ मा पक्राउ गर्यो । उनी पक्राउ परेपछि शंकर ग्रुपका शंकलाल अग्रवाल र सुलभ अग्रवाल पनि अनुसन्धानमा तानिए । जब अनुसन्धानको दायरा फराकिलो हुँदै गयो, अरु व्यवसायीहरुको पनि पोल खुल्दै जान थाल्यो । नेपालको पुँजी बजारमा प्रभुत्व जमाइरहेका को को अनुसन्धानको राडारमा परेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार