बुधवार, आश्विन १४ गते २०८३

रविलाई सुकुमबासी मोर्चाको पत्र– उठीबासको सूचना तत्काल फिर्ता लिइयोस्

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले ४ बुँदे मागसहित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ध्यानाकर्षण गराएको छ ।

मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन, सुकुमबासी बस्ती जबरजस्त विस्थापन गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण गराएका हुन् ।

जबरजस्ती उठीबासको सूचना तत्काल फिर्ता लिन, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल गरी गलत प्रमाणीकरण र व्यवस्थापनको गर्न, सरकारको १०० कार्यसूचीको ९१ बुँदा अनुसार प्रक्रियालाई अवलम्बन गर्न र भूमि र आवासको अधिकार नागरिकताको संवैधानिक अधिकारको सुनिश्चित गर्न माग गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा भोलिदेखि सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी भइरहेको छ ।

sukumbasi-morcha-mag-rsp.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार