बुधवार, आश्विन १४ गते २०८३

मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा

शनिवार , बैशाख १२, २०८३


काठमाडौँ । भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् । 

शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ । ‘आजलाई केही तनाव भयो, भोलि बिहानैबाट डोजर चलाउँछौँ । आज सुरु मात्रै गर्न खोजेका थियौँ । काम त भोलि नै गर्ने हो,’ फिल्डमा रहेका एक नगर प्रहरीले जानकारी दिए ।


यसैबिच मनोहरामा रहेको सुकुमबासी बस्तीमा  उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो ।

उनीहरूको अनुरोध स्वीकारेर फर्कन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेर हिंडेको समूह उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार