शनिवार, आश्विन २४ गते २०८३

लगातार संसद अवरोध भएपछि सभामुखले बोलाए शीर्ष नेताको बैठक

आइतवार , भाद्र २७, २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न शीर्ष नेतालाई सोमबार छलफलका लागी बोलाएका छन्। सभामुखकै भुमिकामा प्रश्न उठाँउदै एमालले लगातार संसद अवरोध गरेपछि मंगलबार सम्मको लागी संसद बैठक स्थगित गरी सोमबारका लागी सभामुखले शिर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन्।

सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएका छन्। आफूले गरेको १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ।

सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरुसँग छलफल गरेका थिए। छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको बातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार