शनिवार, आश्विन २४ गते २०८३

मुख्यमन्त्री शाक्यले एकीकृत समाजवादीको समर्थन नपाउने, यस्तो छ समाजवादीको निर्णय

आइतवार , भाद्र २७, २०७८

काठमाडौं। बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलले नेकपा एकीकृत समाजवादीको समर्थन नपाउने भएकी छन्। एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ।

नेकपा एमालेको विभाजनपछि अल्पमतमा परेकी शाक्यले पार्टी विभाजन हुँदा नेकपा एमालेमै रहेकी छन्। १०९ सदस्यीय प्रदेशसभामा एमालेको ५५ सांसद सहित प्रष्ट बहुमत रहेको थियो। 

नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन्। उनीहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानकारी संसद सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ। बागमतीमा गठबन्धनमा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार