आइतवार, आश्विन २५ गते २०८३

संसद अवरोध खुलाउनेबारे छलफल गर्न सर्वदलीय बैठक दिउँसो बस्दै

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। सभामुखको भुमिकामाथी प्रश्न उठाँउदै नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग सभामुखले आज छलफल गर्दै छन्। 

आफ्नै भुमिकामा प्रश्न उठाएर निरन्तर संसद अवरोध भएपछि सभामुख अग्नी सापकोटाले सर्वदलिए बैठक आव्हान गरेका हुन्। बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ। 

पार्टीले कारबाही गरेका माधव नेपाल सहितका १४ सांसदलाई पदमुक्त गर्नबाट रोकेर सभामुख सापकोटाले एमाले फुटाउन सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार