बुधवार, आश्विन १४ गते २०८३

किन भइरहेको छ अमेरिकी उच्च अधिकारीको पटक पटक नेपाल भ्रमण

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वमा सरकार गठन भएसँगै नेपालमा अमेरिकाको उच्च अधिकारीको भ्रमण बाक्लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दै छन् । नयाँ सरकार बनेपश्चात अमेरिकाबाट हुन लागेको यो दोस्रो उच्चस्तरीय भ्रमण हो ।


यसअघि अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए । त्यसको १० दिनपछि नै ट्रम्पका दूतको भ्रमणले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको चर्चा कुटनीतिक वृत्तमा चलेको छ । दुवै भ्रमणहरू आर्थिक सहकार्य अभिवृद्धिसँग सम्वन्धित छन् ।

हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर ट्रम्पनिकट कुटनीतिज्ञका रूपमा चिनिन्छन् । त्यसैले उनी शक्तिशाली छन् भन्ने मानिन्छ । गोरले नेपालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट्ने तय भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय भएको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेट्न गोरले विभिन्न माध्यमबाट पहल गरिरहेका छन् । तर, प्रधानमन्त्रीको आन्तरिक कार्यव्यस्तताका कारण समय मिलाउन मुस्किल रहेको जवाफ दिइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार