काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही पदाधिकारीको नियुक्ति तथा पदमुक्ति गर्न नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन् ।
उनले शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी गरेका हुन् ।
यि तीनवटा अध्यादेशले सरकारी निकायमा सुधार र व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।