काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले दज्र्यानी चिह्न लगाइदिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको थियो । १८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकास भएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन् ।