बुधवार, आश्विन १४ गते २०८३

कपनको साततले क्षेत्रमा डोजर लगाइयो

सोमवार , बैशाख २१, २०८३

kapan-sukumbasi-dozer-(4)_q4blvIWd3m.jpg
undefined

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ ।सोही क्रममा आज बूढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।

लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारी बमोजिम आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो। कपन क्षेत्रमा बर्खाको समयमा हुने डुबानको समस्या समाधान गर्न र खोलाको बहावलाई प्राकृतिक रूपमै फर्काउन यो कदम चालिएको सरकारी अधिकारीहरूले बताएका छन्।

kapan-sukumbasi-dozer-(7)_JGunDPAOZv.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार