आइतवार, आश्विन २५ गते २०८३

एमालेको सहभागिता विनै सर्वदलिय बैठक जारी

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले यसअघीनै तय गरे अनुसार बहिस्कार गरेको छ। एमालेले निरन्तर  अवरोध गर्दै आएको प्रतिनिधिसभा खलाउने विषयमा छलफलका लागी सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

तर एमालेले भने एकीकृत समाजवादीलाई पनि सर्वदलिय बैठकमा बोलाएको भन्दै बैठक बहिस्कार गरेको छ। एमालेको सहभागिता विनै सर्वदलिय बैठक बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ।

छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ।

यस्तै जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनलाई आमन्त्रण गरिएको छ। । पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै २३  भदौ देखि सुरु भएको संसद् अधिवेशनमा एमालेले अवरोध गर्दै आएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार