सोमवार, श्रावण २५ गते २०८३

बजेटबारे मन्त्रीसँग छलफल गर्दै रास्वपा

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेट निर्माणका विषयमा आफ्ना सांसदहरुसँग छलफल गर्ने भएको छ । उक्त पार्टीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन् । छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ ।

छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ । साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ ।

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३÷८४ को बजेट ल्याउँदैछ । त्यसअघि मन्त्री र सांसदबीच छलफल कार्यक्रम राखिएको हो ।

यो छलफलले जनताका आवश्यकता अनुसारका योजना नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहयोग पुग्ने रास्वपाको विश्वास छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार