बुधवार, आश्विन १४ गते २०८३

एमाले संसदीय दलका नेता फेर्ने विषयमा छलफल गर्दै ओली

बुधवार , बैशाख २३, २०८३

कैलाली । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सबै एमाले सांसदहरूलाई छलफलका लागि गुण्डु डाकेका छन् । अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदहरूसँग बुधबार ११ बजे गुण्डुमा गहन छलफल गर्ने भएका छन् ।

प्रदेशका केही सांसदहरूले संसदीय दलको नेता परिवर्तनको विषय लिएर केही समयअघि अध्यक्ष ओलीलाई भेटेका थिए । ओलीले त्यस विषयमा सामूहिक छलफलपछि मात्रै अगाडि बढ्नुपर्ने सङ्केत दिएका थिए ।

ओलीले आवश्यक ठानेको अवस्थामा दलको नेता फेर्न सक्नेछन्, तर त्यसपछि कसलाई बनाउने भन्ने विषयमा भने सबै सांसदहरू एकमत छैनन् । उपनेता रहेकी सन्तोष शर्मा थापा आफू दलको नेता बन्नुपर्ने बताउँछिन् । उता प्रमुख सचेतक चक्र मल्ल पनि दलको नेताको दौडमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार