बुधवार, आश्विन १४ गते २०८३

चोरी भएका ६५ मोटरसाइकल फेला पारेर ट्राफिकले गर्‍यो धनीलाई हस्तान्तरण

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई हस्तान्तरण गरेको छ ।

उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी मोटरसाइकल र स्कुटर  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा एसएसपी नवराज अधिकारीले आइतबार एक कार्यक्रमकाबीच सवारी हस्तान्तरण गरे । हराएका सवारी फेला परेपछि खुसी व्यक्त गर्दै सवारी धनीले ट्राफिकलाई खादा लगाउँदै लड्डुसमेत खुवाए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार