आइतवार, आश्विन २५ गते २०८३

मकवानपुरमा कांग्रेसको प्रदेश सभापति बन्छु भन्ने थिङका कुरा यस्ता

मंगलवार , भाद्र २९, २०७८

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनमा मकवानपुरको क्षेत्र नम्वर १ को (क) बाट सुवातसिं थिङले सभापतिको दाबी गरेका छन्। अहिले क्षेत्रिय सचिवसमेत रहेका उनले आफ्नो नेतृत्व आएपछि पार्टीलाई बलियो बनाउने घोषणा गरेका छन्। गढी गाउँपालिका-१ को निर्वाचित वडा सदस्यसमेत रहेका उनले पार्टी र जनताको लागि दिनरात काम गर्दै आएका छन्।

‘म जनताको मान्छे हुँ, कांग्रेस मेरो पार्टी हो तर कसैलाई पनि राजनीतिक आस्थाका आधारमा विभेद गरेको छैन’ उनी भन्छन् ‘म प्रदेश सभापति भएपछि पार्टीलाई गतिशील बनाउँछु जसले कांग्रेसलाई मात्र नभएर सबैलाई फाइदा गर्छ।’ उनी वडा सदस्यको रुपमा उम्मेदवार भइरहँदा पार्टीले उनलाई जिल्ला समन्वय समितिको प्रमुखका रुपमा अघि सारेको थियो। उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा गढी गाउँ विकास समितिको वडा नम्वर १ को वडाध्यक्षको उम्मेदवार भएका थिए।

शिक्षण पेशाबाट राजनीतिमा लागेका उनी राजनीतिकर्मीमात्र नभई समाजसेवीका रुपमा पनि चिनिएका छन् । पछिल्लो समयमा मकवानपुर कांग्रेसको किल्ला बन्दैछ। यो प्रदेशमा हेटौंडा उप-महानगरपालिकाका १६, १७ र १८ नम्वर वडा, वागमती गाउँपालिकाका १२ वटा वडा, बकैया गाउँपालिकाका ९ वटा र गढी गाउँपालिकाका १, २, ३ र ४ नम्वर वडा पर्छन्। २८ वटा वडामध्ये २० वटामा सुवातकै समुदायका व्यक्ति इकाई (वडा) सभापति भएका छन्।

उनले अरु सभापतिले पनि आफूलाई नै समर्थन गर्ने जनाएको स्पष्ट पारेका छन् । यो प्रदेश २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर-१ नम्वर क्षेत्र रहेको थियो। त्यतिबेला ४ वटा क्षेत्र रहेको मकवानपुरलाई निर्वाचन क्षेत्र पुनर्संरचना गर्दा २ वटा बनाइयो। यो क्षेत्रबाट त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बानियाले जितेका थिए। पूर्वमन्त्रीसमेत रहेका उनी अहिले पार्टी सभापतिसहित नेपाली कांग्रेसको वागमती प्रदेशको संसदीय दलको नेता पनि रहेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार