आइतवार, श्रावण २४ गते २०८३

एसइई ६५.९८ प्रतिशत उत्तिर्ण, गत वर्ष भन्दा सुधार

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६५.९८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । 
यो २०८१ सालको एसइई नतिजा भन्दा चार प्रतिशत भन्दा धेरै हो । २०८१ सालमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए । २०८० सालको नतिजामा भने ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका थिए । पछिल्ला तथ्यांकहरुले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको छ । 


बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुइ लाख ८४ हजार एक सय ६० जना उत्तिर्ण अर्थात ग्रेडेड समूहमा परेका छन् । 


त्यस्तै, एक लाख ४६ हजार पाँच सय सात जना अनुत्तिर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका छन् । 
बोर्डले परीक्षार्थीको प्राप्तांक अनुसार ६ वटा समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ । जस अनुसार जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थी ४८ हजार ३ सय ९२ जना छन् । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने परीक्षार्थी ८० हजार घ सय ९२ जना छन् । 
जीपीए २.८० देखि ३.२० सम्म ल्याउने परीक्षार्थी ९४ हजार २ सय २२ जना छन् । जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ५५ हजार ९ सय ७७ जना छन् । त्यस्तै, जीपीए दुई देखि २.४० सम्म ल्याउने परीक्षार्थी पाँच हजार एक सय ९० तथा सबैभन्दा तल्लो ग्रेड अर्थात जीपीए १.६० देखि २ सम्म ल्याउने परीक्षार्थी ७ जना छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार