बुधवार, आश्विन १४ गते २०८३

वडाबाट केन्द्र आएका फाइल एकसाताभित्र निर्णय गर्नु– सुनिता डंगोल

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् ।

महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी छिन् । वडामा भएको बजेटबाट काम गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न समेत वडा सचिवहरुलाई निर्देशन दिइन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार