बुधवार, आश्विन १४ गते २०८३

नेपाल–भारत व्यापार विस्तारबारे छलफल

बिहिवार , बैशाख ३१, २०८३


काठमाडौँ । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।

गत मङ्गलबार आयोजित उक्त कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उक्त महावाणिज्यदूतावासले जनाएको छ । साथै नेपालको व्यापार तथा पारवहन संरचना, लगानीका सम्भावना तथा नेपाल–भारत आर्थिक सहकार्य सुदृढ गर्न भएका प्रयासबारे पनि विमर्श भएको थियो ।

कार्यक्रममा श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कोलकाता कस्टम्स हाउस एजेन्ट्स एसोसिएसन तथा नेपाल कस्टम्स हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार