मंगलवार, आश्विन १३ गते २०८३

सिन्धुली हिरासत घटना  – प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक घटना प्रकरणको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ ।

उक्त घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो ।

सिफारिस अनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरेर बागमती प्रदेश कार्यालय पठाइएको पनि प्रहरीले स्रोतले जानकारी दिएको छ । खुर्कोटमा भने जिल्ला प्रहरी कार्यालयबाट अर्का एक जना इन्सपेक्टरलाई ड्यूटीमा खटाइएको छ ।

त्यस्तै, खुर्कोटमा कार्यरत अन्य १० जना प्रहरीलाई भने ध्यानाकर्षण र सचेत गर्न प्रतिवेदनमा सिफारिस गरिएको छ । हिरासतमै रहेको अवस्थामा मृत भेटिएका विकको घटना शंकास्पद देखिएपछि प्रहरीले समिति बनाएर थप अनुसन्धान अघि बढाएको थियो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार