काठमाडौं। रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षामाको लिखित परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्।
वैदेशि रोजगा विभागले सोमबार लिएको भाषा परिक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएका थिए। भाषा परीक्षा उत्तीर्णलाई अब उचाई र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइने विभागले जनाएको छ। इजरायलले नेपालबाट १ हजार जना श्रमीक माग गरेको छ।