काठमाडौँ। नेपाल मोबाइल ब्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाचौँ साधारणसभा आगामी जेठ १ र २ गते काठमाडौँमा हुने भएको छ।
बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले महाधिवेशन बारे जानकारी दिएको हो। महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ।
महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशनमा सहभागी हुन देशभरबाट १५ सय प्रतिनिधि काठमाडौँ आउने क्रममा रहेको जानकारी दिए। राष्ट्रिय सभा गृहमा हुने महाधिवेशनमार्फत आगामी नयाँ नेतृत्व चयन हुने भट्टराईले बताए।
महासंघका महासचिव सन्तोष घिमिरेले महासंघको देशका ७ प्रदेश र ७० जिल्लामा शाखा विस्तार भइसकेको बताए।
घिमिरेका अनुसार देशभर महासंघमा आबद्ध २७ हजार ४०० साधारण सदस्य छन्।
महाधिवेशनबाट कुल ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ। पदाधिकारीकारी तर्फ विधान अनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ , ७ उपाध्यक्ष (खुला), महासचिव १, कोषाध्यक्ष १, सचीव ४ मध्ये ३ खुला र १ महिला र सहकोषाध्यक्ष १ निर्वाचित हुने ब्यवस्था छ।
यसैगरी केन्द्रीय सदस्य प्रत्येक प्रदेशबाट २ को दरले कुल १४ जना, संस्थापक संस्था १४ वटाको तर्फबाट १र१ गरि कुल १४ जना, बागमती प्रदेशबाट थप ५ जना, अध्यक्ष द्वारा मनोनीत ५ जना ९समावेशीताका आधारमा० कार्यसमितिमा रहने ब्यवस्था छ।
महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा जेठ २ गते ९ बजे उद्घाटन हुनेछ। यस्तै त्यसअघि नै अघिल्लि दिन जेठ १ गते, ह्वाइट पार्टी प्यालेश कौशलटारमा बन्दसत्र विहान ९ बजेबाट सुरु हुनेछ।