आइतवार, श्रावण २४ गते २०८३

यस पटकको एसइईमा १५ सय ९५ जनाले ल्याएर जीपीए चार

शुक्रवार , जेठ १, २०८३

काठमाडौंं । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा एक हजार पाँच सय ९५ जनाले चार जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डकका अनुसार यो तथ्यांकमा एक दुई जना पुनर्योगको नतिजा पछ पनि थपिन सक्नेछन् । 

गत वर्ष दुई हजारको हाराहारीमा विद्यार्थीले जीपीए चार ल्याएका थिए । 


बोर्डले एसइई नतिजा वैशाख २८ गते सार्वजनिक गरेको थियो । परीक्षा सकिएका २९ दिनमै सार्वजनिक गरिएको यो नतिजा एसइई र एसएलसीको इतिहाँसमै छोटो समयमा सार्वजनिक गरिएको हो । 


माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६५.९८ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।  यो २०८१ सालको एसइई नतिजा भन्दा चार प्रतिशत भन्दा धेरै हो । २०८१ सालमा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए ।

२०८० सालको नतिजामा भने ४८ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका थिए । पछिल्ला तथ्यांकहरुले एसइई नतिजामा निरन्तर सुधार आइरहेको देखाएको छ । 


बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुइ लाख ८४ हजार एक सय ६० जना उत्तिर्ण अर्थात ग्रेडेड समूहमा परेका छन् । 


त्यस्तै, एक लाख ४६ हजार पाँच सय सात जना अनुत्तिर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार