बुधवार, आश्विन १४ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमवार , जेठ ४, २०८३


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा कायम भएको छ ।
  
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २२ पैसा र बिक्रीदर १६ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २३ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार