बुधवार, आश्विन १४ गते २०८३

ट्राफिक प्रहरीद्वारा कारबाहीबाट आठ लाख ८९ हजार राजस्व सङ्कलन

सोमवार , जेठ ४, २०८३

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ९६२ जना सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ । उक्त कारबाहीबाट रु आठ लाख ८९ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार