मंगलवार, आश्विन १३ गते २०८३

विदेशी युवतीलाई गर्भ बोकाएको आरोप लागेका सांसद कार्कीले जब छाती खोलेर देखाए

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रास्वपा सांसद कृष्णकुमार कार्कीले यसबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

मंगलबार सांसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूलाई केही थाहा नभएको दाबी गरे । 

उनले यस्तो दाबी गरिरहे पनि सञ्चारकर्मीले पनि सवालजवाफ गरिरहे । सञ्चारकर्मीले पछ्याइरहेपछि उनले भने, ‘म तपाईंहरुलाई एउटा कुरा देखाउँछु क्या ।’

त्यसपछि उनले आफ्नो कोट र टिसर्ट पूरै माथि उचालेर नांगो छाती देखाए । अनि सोधे, ‘कहिँनेर मेरो ट्याटु छ ?’ तर उनले किन छाती देखाएको भनेर स्पष्ट भने पारेनन् । आफ्नो बारेमा जन आस्था साप्ताहिकले समाचार सार्वजनिक गरेको विषयमा छानविन हुने बताए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार