काठमाडौं । तिलगंगा क्षेत्रको बस्ती हटाइएसँगै सो बस्तीमा बसोबास गर्ने बासिन्दाहरु आज पशुपति क्षेत्र विकास कोषको परिसरमा धर्नामा बसेका छन् । बासिन्दाले आफूहरूसँग भएको पूर्वसम्झौता विपरीत घर भत्काइएको भन्दै विरोध जनाएका छन् ।
प्रभावित स्थानीयहरूले नागरिकको मौलिक हक, अधिकार हनन भएको र पटक पटक पशुपति क्षेत्र विकास कोष सँग गरेको सम्झौता विपरीत घर भत्काइएको जानकारी दिएका छन् ।