बुधवार, आश्विन १४ गते २०८३

सांसद धनन्जय रेग्मीको अभिव्यक्तिप्रति उनकै जिल्लाको गाउँपालिकाद्धारा आपत्ति

बिहिवार , जेठ ७, २०८३

काठमाडैं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आस्थाका आधारमा शिक्षक सरुवा गरेर दुःख दिइएको’ भन्ने सांसद धनञ्जय रेग्मीको अभिव्यक्तिप्रति सोही गाउपालिकाले आपत्ति जनाएको छ ।

 गाउँपालिकाले शिक्षक सरुवालाई लिएर राजनीतिक दृष्टिकोणबाट टिप्पणी गर्नु उचित नभएको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य रेग्मीले संसदमा ‘अर्जुनचौपारी गाउँपालिकामा केही आस्थाका आधारमा शिक्षक सरुवा गरेर दुःख दिइएको’ भन्ने अभिव्यक्ति दिएका थिए । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिकाले आफ्नो शिक्षा प्रणाली विद्यार्थीको भविष्य, शैक्षिक सुधार र पारदर्शिताप्रतिको ‘आस्था’मा आधारित रहेको उल्लेख गरेको छ ।

पत्रमा शिक्षा क्षेत्रमा गरिएको निर्णय गाउँपालिकाको नीति, आवश्यकता र संविधानले दिएको अधिकारभित्र रहेर गरिएको दाबी गरिएको छ । ध्यानाकर्षण पत्रमा  ‘यदि पार्टी विशेषप्रति आस्था राख्ने शिक्षकलाई छुट्टै व्यवस्था गर्नुपर्ने हो भने नाम पठाइदिनुहोस्, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्न गाउँपालिका हरसम्भव प्रयास गर्नेछ’ भन्ने व्यंग्यात्मक टिप्पणी पनि पत्रमा गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार