काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री भिन्दै साम्राज्यको सम्राट हो की यही संसदको अंग भन्दै आक्रोस पोखेका छन् ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएको प्रति कटाक्ष गर्दै केसीले यस्तो बताएका हुन् ।
वर्षातका सुरुवात हुँदै गर्दा विपत्जन्य घटनामा पनि वृद्धि हुने भन्दै केसीले यसबारेमा बेलैमा सचेत रहने सरकारको ध्यानाकर्षण गराएका थिए ।
सोही प्रसंगमा बोल्दै केसीले विपत पूर्व तयारीको काम गृह मन्त्रालयले गर्नुपर्ने र त्यसको जानकारी संसद तथा जनतालाई जानकारी दिनुपर्ने बताए । तर गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री संसदमा उपस्थित नभएकोले यसबारेमा जानकारी पाउन नसकिएको केसीले बताए ।