काठमाडौं । प्रतिनिधि सभाका सदस्य आशिका तामाङले बाँदरलाई भगाउन जंगलमै फलफूल लगाउन सरकारलाई अनुरोध गरेकी छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाँदरलाई हत्या गरेर वा बन्दुक पड्काएर भगाउन नहुने बताईन् ।
बादरलाई सही व्यवस्थापन गर्नसकेमा मात्रै सबै प्राणीले न्यायसंगत रुपमा बाँच्न पाउने उनले बताईन् ।