मंगलवार, आश्विन १३ गते २०८३

मिन बहादुरले दिएको जग्गा एमालेले उनैलाई फिर्ता गर्ने

बिहिवार , जेठ ७, २०८३

काठमाडौ । व्यवसायी मीनबहादुर गुरूङले  दिएको जग्गा नेपाल कम्युनिष्ट पार्टी एमालेले उनैलाई फिर्ता गर्ने भएको छ ।

गुरूङले अनुदानमा जग्गा दिएर त्यसैमा भवन पनि बनाईदिने बताएका थिए । 
गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने एमालेको विहिबारको सचिवालय बैठकले गरेको छ । 

सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ । 

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार