काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बुटवल पुगेका छन्। बुटवलमा कार्यकर्ता भेला सम्वोधन गर्दै ओलीले वर्तमान सरकारलाई बुख्याँचाको संज्ञा दिएका छन्। उनले सम्बोधनको क्रममा प्रश्न गर्दै भने, ‘यो सरकार हो कि बुख्याँचा हो?’
उनले अगाडी भने ‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,।’ ओलीले आफू नेतृत्व तत्कालीन सरकारले गरेको कामबाट सरकार आत्तिएको भन्दै यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप समेत लगाए।
आफ्नो सरकारले विकासका लागि सयौं सडक, अस्पताल जस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाए। गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दावी गरे।
त्यस्तै उनि नेता माधव कुमार नेपाल प्रति पनि खनिएका छन्। उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जनविरोधी अपराधी भएको गम्भीर आरोप लगाएका छन्। माधव नेपालले सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको भन्दै उनि जनविरोधी अपराधी भएको उल्लेख गरे।