आइतवार, श्रावण २४ गते २०८३

त्रिविको स्नातक र प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र देखाएर मावि शिक्षकमा नियुक्ति

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालयका शिक्षक भोजराज न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नक्कली शैक्षिक योेग्यताको प्रमाणपत्र पेश गरेर शिक्षण पेशामा प्रवेश गरेको आरोपमा न्यौपानेृविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट जारी गरेको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातह तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर माध्यमिक तह राहत शिक्षकमा नियुक्ति लिएको अनुसन्धानबाट खुलेको छ । 

न्यौपानेविरुद्ध भ्रष्टाचार निवारण ऐन,२०५९ अनुसार कारवाहीको माग गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार