काठमाडौं। नेपाली कांग्रेसले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको हो।
क्रियाशील सदस्यता विवादित रहेका २१ जिल्लामध्ये आज ७ जिल्लाको नाम पार्टीको वेबसाइट मा राखिएको छ। कांग्रेसले यसअगाडि ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।