आइतवार, श्रावण २४ गते २०८३

नेपालको शिक्षामा बेलायतले सघाउने

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेपाल र बेलायतबिच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको छ । 


शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्राबिच शुक्रबार यस विषयमा छलफल भएको छ ।

छलफलमा दुई देशबिच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो ।

 
सो अवसरमा मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा तथा उपयुक्त वातावरण निर्माण गर्न बेलायत सरकारसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको आग्रह गरे । 


बेलायती मन्त्री मल्होत्राले नेपाल–बेलायतबिचको ऐतिहासिक सम्बन्ध, विकास साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । 


उहाँले बेलायतको नयाँ सरकारले पनि शिक्षा क्षेत्रमा आधुनिक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै नेपालजस्ता मुलुकमा शिक्षामा थप लगानी र साझेदारी विस्तार गर्ने योजना रहेको बताए । 


मन्त्री मल्होत्राले नेपालको उच्च शिक्षामा बेलायती स्तरका गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्ने प्रस्ताव पनि राख्नुभयो ।

साथै, अन्तरदेशीय शिक्षा प्रणालीको प्रवद्र्धनका लागि आवश्यक कानुनी प्रावधान परिमार्जन गरी साझेदारी विस्तार गर्न बेलायत सरकार तयार रहेको उनले उल्लेख गरे ।  


मल्होत्रा तीन दिने भ्रमणका लागि शुक्रबार विहान नेपाल आउनुभएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार