मंगलवार, आश्विन १३ गते २०८३
एमाले सचिवालय बैठक

चार उपाध्यक्षले मागे अध्यक्षको राजीनामा, अप्ठ्यारो बेला नेतृत्वको रक्षा गर्नुपर्ने पक्षमा बादल

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी  (एमाले) को शुक्रबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्ने र राजीनामा दिन नहुने पक्षबीच नोकझोंक चलेको छ । 


शुक्रबार बसेको बैठकमा पार्टी उपाध्यक्षहरु विष्णु पौडेल, गोकर्ण विष्ट, रघुजी पन्त र पृथ्वी सुब्बा गुरुंगले पार्टी अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा बोलेका थिए । 

त्यसबारेमा अध्यक्ष ओलीले केहि प्रतिक्रिया दिएका छैनन् । तर सचिवालय बैठकमा बोल्ने पाँच जना उपाध्यक्षमध्ये रामबहादुर थापा  (बादल) ले पनि पार्टी नेतृत्व अप्ठ्यारो अवस्थामा रहेको बताउँदै तत्काल राजीनामा माग्नु उपयुक्त नहुने धारणा राखेका थिए । बादलको उकत धारणमा ओलीले भने सहमति जनाउँदै अहिलेको पार्टी लाइन यही हुनुपर्ने बताएका थिए । 

 शुक्रबार पाँच जना अध्यक्षले मात्रै धारणा राखेका थिए । बैठक शनिबार फेरि बस्नेछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार