मंगलवार, आश्विन १३ गते २०८३

सचिवालय बैठकमा अन्य पदाधिकारीले राजीनामा मागेपछि ओलीले भने– मेरो पनि कडै कुरा छ,भोली भन्छु

शनिवार , जेठ ९, २०८३

काठमाडौ्ँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शनिबार पनि जारी छ । बैठक शुक्रबार सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा जारी बैठकमा पदाधिकारीहरुले आ आफ्नो धारणा राखिरहेका छन् । 

आफ्नो धारणा राख्ने क्रममा अधिकांस पदाधिकारीले पार्टी अध्यक्ष ओलीले राजीनामा दिएर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । पदाधिकारीहरुले बोलिरहादा आफू लक्षित केहि कुरा आयो भने ओलीले बिचैमा रोकेर आफ्नो पनि कडै कुरा रहेको र त्यो कुरा आइतबारको बैठकमा भन्छु भन्दै सामुसुम पारिरहेका छन् । 


सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहो¥याएका छन् ।

हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीको भनाई उधृत गर्दै एक नेताले भने, “उहाँले बीचबीचमा बोल्नुभयो । कडै छ कुरा । तपाईँहरूको कुरा सुनिरहेको छु । भोलि म बोल्छु भन्नुभएको छ ।’

उपमहासचिव लेखराज भट्टका अनुसार, शनिबारको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेका थिए ।

अब ४ जनाले बोल्न बाँकी छ । भोलि (आइतबार) बिहान साढे ११ बजेबाट सुरु हुने बैठकमा बाँकी रहेका ४ जना सचिवले धारणा राख्ने उनले बताए ।

यसअघि हिजो (शुक्रबार) बसेको बैठकमा ४ जना उपाध्यक्षले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने प्रष्ट धारणा राखेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार