काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक तीन दिनदेखि जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा जारी बैठकमा पदाधिकारीहरुले आ आफ्नो धारणा राखिरहेका छन् ।
आफ्नो धारणा राख्ने क्रममा अधिकांस पदाधिकारीले पार्टी अध्यक्ष ओलीले राजीनामा दिएर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् । पदाधिकारीहरुले बोलिरहादा आफू लक्षित केहि कुरा आयो भने ओलीले बिचैमा रोकेर आफ्नो पनि कडै कुरा रहेको र त्यो कुरा आइतबारको बैठकमा भन्छु भन्दै सामुसुम पारिरहेका छन् ।
सचिवालयमा एकपछि अर्का पदाधिकारी आफूविरुद्ध खुलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको दोहो¥याएका छन् ।
हिजो आफ्नै भनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीको भनाई उधृत गर्दै एक नेताले भने, “उहाँले बीचबीचमा बोल्नुभयो । कडै छ कुरा । तपाईँहरूको कुरा सुनिरहेको छु । भोलि म बोल्छु भन्नुभएको छ ।’
उपमहासचिव लेखराज भट्टका अनुसार, शनिबारको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेका थिए । अब ४ जनाले बोल्न बाँकी छ । भोलि (आइतबार) बिहान साढे ११ बजेबाट सुरु हुने बैठकमा बाँकी रहेका ४ जना सचिवले धारणा राख्ने उनले बताए ।
शुक्रबार बसेको बैठकमा ४ जना उपाध्यक्षले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने प्रष्ट धारणा राखेका थिए । आज ओलीले आफ्नो धारणा राख्ने बताएका छन् ।