मंगलवार, आश्विन १३ गते २०८३

एमाले बैठकमा धारणा राख्ने क्रम सकियो

आइतवार , जेठ १०, २०८३

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । शुक्रबार उपाध्यक्ष रामबहादुर थापा बादलबाट सुरु भएको धारणा राख्ने क्रम आइतबार गण्डकीका पूर्वमुख्यमन्त्री समेत रहेका सचिव खगराज अधिकारीले बोलेपछि सकिएको हो । 

आइतबार अधिकारीसहित, शेरधन राई, यमलाल कँडेल र भानुभक्त ढकालले आआफ्नो धारणा राखे। उनीहरुले अन्य पदाधिकारीजस्तै पार्टी पुनर्गठनको पक्षमा जोड दिँदै पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । 

‘सदस्यहरूले धारणा राख्ने क्रम सकेर, अध्यक्षले जवाफ दिन थाल्नु भएको छ’, स्रोतले भन्यो, ‘अध्यक्षले जवाफ दिइसकेर बैठक सक्ने तयारी छ ।’१९ सदस्यीय एमाले सचिवालय बैठकमा बहुमत सदस्यहरूले पार्टी पुनर्गठनमा जोड दिँदै समयानुकूल नेतृत्व परिवर्तन गरेर अघि नबढे एमालेको साख जोगाउन नसकिने बताएका छन् । 

तर अध्यक्ष ओलीले भने आफू नेतृत्व छाड्न अनिच्छुक रहेको बताउँदै आएका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार