सोमवार, श्रावण २५ गते २०८३

प्रधानमन्त्री सदनमा उपस्थित नहुँदासम्म विपक्षी दलहरूको विरोध कायम

आइतवार , जेठ १०, २०८३

काठमाडौं ।  प्रधानमन्त्री बालेन साह संसदमा उपस्थित नहुँदासम्म प्रतिपक्षी दलहरूले विरोध जारी राख्ने भएका छन् ।

आइतबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै निस्किएर हिँडेका बालेन त्यसपछि फर्केर सदन गएका छैनन् ।  

त्यसयता विपक्षी दलहरुले प्रधानमन्त्रीको सहभागिता र जवाफ माग गर्दै लगातार विरोध जनाउँदै आएका छन् । बालेनले राष्ट्रपति, सभामुख र संसदको अपमान गरेको विपक्षी दलहरुको आरोप छ । 

यसबीचमा सभामुख डिपी अर्यालले बालेनलाई संसदमा उपस्थित गराउने प्रयास नगरेका भने होइनन् । तर बालेनले नै अस्वीकार गरेका थिए । संसदको अर्को बैठक जेठ १२ गते बस्ने कार्यसूची छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार