सोमवार, श्रावण २५ गते २०८३

सकियो एमाले सचिवालय बैठक,निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन

आइतवार , जेठ १०, २०८३

काठमाडौं । तीन दिनदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सकिएको छ । भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो ।

बैठकले  उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।

उक्त कार्यदललाई १ महिनाको समय दिइएको एक पदाधिकारीले बताए । सचिवमलय बैठकमा धेरै पदाधिकारीले पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेपछि कार्यदल गठन गरिएको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार