आइतवार, आश्विन २५ गते २०८३

असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन महन्थ ठाकुरको आन्तरिक सर्कुलर

बिहिवार , भाद्र ३१, २०७८

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले असोज ३ गते कालो दिनका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले  संविधान दिवसका दिन पारेर यसअघिका वर्षमा जस्तै यो वर्ष पनि कालो दिनका रुपमा मनाउन जिल्ला संयोजक र जिल्ला समितिहरुलाई सर्कुलर जारी गरेका हुन्। 

ठाकुरको पार्टीले संविधान जारी भएको २०७२ सालदेखि नै संविधानलाई अपूर्ण संविधान भन्दै आएको छ। उसले संविधान संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधन गर्नुपर्ने माग राख्दै आएको छ। 

बुधबारको मिति राखेर अध्यक्ष ठाकुरको हस्ताक्षरमा सर्कुलर गरिएको पत्रमा भनिएको छ, ‘२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको विदितै छ। उक्त संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरु गर्दै आइरहेका छौं। त्यस दौरान कयौं वीर सपुतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन। अर्थात् अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरु सम्वोधनार्थ प्रत्येक वर्ष असोज ३ गते विरोधका कार्यक्रमहरु गर्दै आएका छौं र यस वर्ष पनि आ–आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरुमा कोभिड–१९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगाष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रमहरु आयोजना गरी असोज ३ गते विरोधका कार्यक्रमहरु गर्न सबै जिल्लाहरुलाई आग्रह गर्दछौं।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार