काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र उपराष्ट्रपति रामसहायप्रािद यादवबीच सोमबार भेट भएको छ । उपराष्ट्रपति यादवलाई भेट्न सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका थिए ।
भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।