सोमवार, श्रावण २५ गते २०८३

प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्र दिवसको दिन पनि नबोल्ने, राष्ट्रपतिलाई सम्बोधन गर्न पत्राचार

सोमवार , जेठ ११, २०८३

काठमाडौं । विपक्षी दलले संसदमा बोल्न बोलाउँदा अटेरी गरेर बसिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १५ गतेको गणतन्त्र दिवसको दिन आयोजना गरिने समारोहलाई पनि सम्बोधन नगर्ने भएका छन् ।

बरु आफनो सट्टा पनि राष्ट्रपति रामचन्द्र पौडेललाई बोलीदिन प्रधानमन्त्री बालेनले अनुरोध गरेका छ । 

त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषदको सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्था समेत छ । सोही व्यवस्था अनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार